‘ट्रान्समिसन लाइन तुरुन्त बन्नु पर्छ, एमसीसी पर्खिनुहुन्न’

ट्रान्समिसन

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्न नहुने बताएका छन्।

बुधबार काठमाडाैंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्न नहुने बताएका हुन्।

विद्युत् खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकाले एमसीसीलाई नपर्खिकन ट्रान्समिसन लाइनहरू देशकै लगानी अथवा अरू नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने उनले बताए। एमसीसी लागू गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने उनको भनाइ छ ।

ऊर्जामन्त्री रायमाझीले बेला–बेलामा विद्युत् जाने समस्या विद्युत् भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे। विद्युतको अपर्याप्तताका कारण विद्युत् काटिएको नभइ पुरानो संरचनाका कारण बेला–बेला जाने गरेको उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  केपी ओली छिट्टै पतन हुन्छन्ः बाबुराम भट्टराई