४४५ कोरोना संक्रमित थपिए, ४१४ डिस्चार्ज

संक्रमित

काठमाडौं। नेपालमा थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५४ जनाको नमूना परीक्षण गर्दा काठमाडौं उपत्यकामा २ सय ४६ सहित देशभर २ सय ४५ जना नयाँ संक्रमित थपिएका हुन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ।

सोही अवधिमा ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १ सय ४४ जना आइसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ३४ छ भने २ सय ३७ जना क्वारेन्टाइनमा छन्।

अन्य सम्बन्धित समाचार:  बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

यसैगरी थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।