काठमाडौं। नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन्। ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।
बाँस्तोलालाई लामो समयदेखि प्रहरीले खोजी गर्दै आएको थियो। उनी हाल विप्लव समूहका तेस्रो वरीयताका नेता हुन्।
बाँस्तोलासँगै खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का सहयोगी विवेक कुमालसमेत पक्राउ परेका छन्। प्रहरीले भने आधिकारिक रुपमा यसबारे प्रतिक्रिया दिएको छैन।