काठमाडौं। काठमाडौं उपत्यकामा मात्र बुधबार २४६ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये काठमाडौंमा १८९ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा १९ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
बुधबार नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ।