जागिर दिने भन्दै फेसबुकमा विज्ञापन राखेर ठग्ने पक्राउ

काठमाडाैं। जागिर दिने भन्दै फेसबुकमा विज्ञापन राखेर साेझा युवालाई ठग्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। दोलखा जिरी नगरपालिका-८ घर भई काठमाडौंको काँडाघारी बस्दै आएका २३ वर्षीय शिव खड्का पक्राउ परेका हुन्।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो। उनले फेसबुकमा जब भ्याकेन्सीको पेज बनाएर बेरोजगार युवाहरूलाई ठगेकाे आराेप लागेकाे छ।

आकर्षक तलब दिने बहाना देखाएर सुरूमा १५ सयदेखि ३५ सयसम्म इ-सेवामार्फत् डिपोजिट गर्न लगाउन गर्दै आएका उनले ४३ जना युवाहरूसँग रकम लिएकाे प्रहरीले बताएकाे छ।

रकम ठगी गरी फरार भएका उनीलाई थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको छ।

अन्य सम्बन्धित समाचार:  घुस लिएको अभियोगमा पक्राउ