लेनदेन विवादमा हत्या गरी आफैंले प्रहरीलाई फोन गर्ने पक्राउ

घुस

काठमाडौं। चन्द्रागिरी नगरपालिका–४ थानकोट बस्ने ५२ वर्षीय होम बहादुर सुधारको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही नगरपालिका-२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङ रहेका प्रहरीले जनाएको छ। प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको हो।

थानकोटको घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्ण आफैंले प्रहरीलाई खबर गरेका थिए। उक्त जानकारी पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी पठाएको थियो। उनको उपचारको क्रममै मृत्यु भएको थियो।

अनुसन्धानको क्रममा प्रहरीलाई घटनाबारे जानकारी गराउने रामकृष्णले नै उनको हत्या गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  बनेपामा प्रेसर कुकर बम फेला

लेनदेनमा विवाद भएपछि रामकृष्णले कोदालोको बिँडले प्रहार गरेको खुल्न आएको छ।