काठमाडौं। नायब सुब्बा पदमा लोकसेवा आयोगले ८ सय ४३ जनाका लागि विज्ञापन गरेको छ। सातवटै प्रदेशमा आयोगले ८ सय ४३ जनाको लागि आवेदन खुल्ला गरेकाे हाे।
माग गरिएका पदहरुमध्ये खुल्लाबाट ४ सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४ सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ।
आगामी माघ २० गतेसम्म आवेदन दिने समय रहेकाे जनाउँदै यदि दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ। आयोगले परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ।