काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना नगरी निर्वाचनमा जान खोजे देशमा रक्तपात हुने खतरा रहेको बताएकी छिन।
काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ कोइरालाले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुर्नस्थापना आवश्यक भएको बताइन्।
कांग्रेस सभापति शेरबहादुर देउवा संविधान र संसदको विपक्षमा बोलेको आरोप लगाउँदै उनले देउवाको पछिल्ला गतिविधिमाथि केन्द्रीय समितिको बैठकमा कुरा उठ्ने बताइन्।
प्रनिनिधिसभा बिना देश अगाडी बढ्न खोजे अर्को दुर्घटना हुने उनको भनाइ थियो।