अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारीत गरेको छ ।
गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए ।
सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३१ मत परेको छ । विपक्षमा रिपब्लिकन १९७ जना सांसदको मत परेको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो । तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन् ।
यो संगै डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन् ।
सम्बन्धित समाचार :
युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता एक साता निलम्बन