माघीले आपसी एकता र सद्‌भाव अभिवृद्धि मिल्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । माघे संक्रान्तिले आपसी एकता र सद्भाव अभिवृद्धि गर्न मद्दत गर्न अपेक्षा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।

राष्ट्रपति भण्डारीले माघे संक्रान्तिका अवसरमा शुभकामना दिँदै नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघीले मुलुकको एकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले यस पर्वले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन्।

साथै उनले माघे संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्।

अन्य सम्बन्धित समाचार:  यस्तो छ आजको मौसम