परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै

 काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज  भारत भ्रमणमा जाँदै छन्।

मन्त्रालयका अनुसार नेपाल-भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जान लागेका हुन्। नेपालले सीमा विवाद र कोरोना विरुद्धको खोपलाई प्राथमिकतासाथ बैठकमा उठाउने मन्त्रालयले जानकारी दिएको छ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने छन । भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्ने मन्त्रालयले जनाएको छ।

साथै नेपाल-भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि छलफल गर्ने तयारी छ।

लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भेटवार्ता र भ्रमण हुन नसकेको समयमा परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा लिइएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड-नेपाल समूहले बुटवलमा विरोध सभा गर्दै