यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः आज तराईमा हुस्सु र कुहिरो

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामि तीन दिनको मौसमी बुलेटिन जारी गर्दै महाशाखाले बिहीबार देशको तपाई क्षेत्रमा हल्का हुस्सु र कुहिरो लागेको जनाएको छ । पहाडी भू–भागमा भने आंशिक बदली रहेको छ।

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भु–भागमा आंशिक बदली रहनेछ।

देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने तथा प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश नं १, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै भू–भागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागमा आंशिक बदली हुने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

माघ २ गते (शुक्रबार)
दिउँसो प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकि प्रदेशका धेरै भू–भागहुमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू–भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
राती प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागहरुमा आंशिक बदलि रहने।

माघ ३ गते (शनिबार)
दिउँसो प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने छ । प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकि प्रदेश र बलुम्बिनि प्रदेशका धेरै भू–भागहुमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकि प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

अन्य सम्बन्धित समाचार:  टिपर दुर्घटना हुँदा सोलुखुम्बुमा तीन जनाको मृत्यु, एक गम्भीर घाइते