जनतामा जान नडराऔँ ः मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले लोकतान्त्रिक शक्ति जनतामा जान डराउन नहुने बताएका छन्।

पार्टी भित्रबाट सरकारलाई सफल हुन नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए। जनतासामु जानुको विकल्प नभएका कारण संसद विघटन गरिएको उनको भनाइ थियो।

प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहे पनि सरकार चारैतिरबाट घेराबन्दीमा परेपछि जनतामा जान बाध्य भएको उनले बताए। ‘पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकट्याएर राख्नुहुन्छ?’ मन्त्री नेम्वाङले प्रश्न गरे।

जनतामा जानेभन्दा वैधानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने उनको भनाइ थियो। मुलुक डुब्ने, प्रतिगमन हुने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्नेजस्ता भ्रम सिर्जना गर्दैमा निर्वाचन नरोकिने उनले बताए।

अन्य सम्बन्धित समाचार:  शुक्रबारको प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने प्रचण्ड–नेपाल समूहको दावी