बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी। बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो।

निर्धारित समयका साथै अतिरिक्त समयमा पनि १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा बार्सिलोनाका लागि ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे भने फ्रान्क डी जोङ र एन्टोनियो ग्रिजम्यानले गोल गर्न सकेनन्।

यस्तै सोसिडाडका लागि अदनान जानुजाज र मिकेल मेरिनोले मात्र गोल गरे। मिकेल ओयाराज्बाल, जोन बाउटिस्टा र विलियन जोसेले भने गोल गर्न सकेनन्।

यसअघि खेलको २९औं मिनेटमा बार्सिलोनाका लागि जोङले गोल गरेका थिए। खेलको ५१औं मिनेटमा मिकेलले गोल गर्दै सोसिडाडलाई १–१ गोलको बराबरीमा पुर्याए।

अन्य सम्बन्धित समाचार:  बागमतीको लगातार तेस्रो जित

अब बार्सिलोनाले उपाधिका लागि रियल मड्रिड र एथ्लेटिक बिल्बाओबीचको विजेतासँग खेल्नेछ।