माघीको अवसरमा नुवाकोटमा ४० हल गोरु जुधाइँदै

नुवाकोट । माघी पर्वको अवसरमा हरेक बर्षझैं यस बर्ष पनि विगतका नुवाकोटका विभिन्न भेगमा ४० हल गोरु जुधाइने भएको छ ।

तारुका सहित विभिन्न स्थानमा हुँदैआएको यो कार्यक्रममा बिहीबार चार स्थानमा मेलासहित ४० हल गोरु जुघाउने कार्यक्रम तय भएको हो ।
जिल्लाको तारकेश्वर गाउँपालिका–३ चन्दनीमा मात्रै यस बर्ष २२ हल गोरु जुध्नेछन् ।

यस्तै वदुर नगरपालिका–१० वेत्रावतीमा ५ हल, शिवपुरी गाउँपालिकाको शेरा बगरमा ७ र पञ्चकन्या गाउँपालिकामा ६ हल गोरु जुधाउने तयारी गरिएको छ ।

मेलाको सबै तयारी सकिएको तारुका माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले बताएका छन् । ऐतिहासिक गोरु जुधाई मेला सभ्य, भव्य र सुरक्षित रूपमा सम्पन्न हुने उनको भनाइ छ।

बिहीबार १० बजेदेखि कार्यक्रम सुरु हुनेछ । २०६० सालदेखि गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि तारुकाको गोरु जुधाईले अहिले मेलाको स्वरूप ग्रहण गरेको छ ।

अन्य सम्बन्धित समाचार:  जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक