त्रिशुल ग्यास प्रालिद्वारा पुरानो सिलिण्डर नष्ट

बुटवल । त्रिशुल ग्यास प्रालिले गुणस्तरहीन पुरानो सिलिण्डर नष्ट गर्न थालेको छ।

गुणस्तरहीन पुरानो सिलिण्डर नष्ट गरेपछि अब उपभोक्ताले मूल्य अनुसारको तौलको नयाँ सिलिण्डर पाउने भएका छन्। उपभोक्ताले अन्य कम्पनीका गुणस्तरहीन पुराना सिलिण्डर नष्ट गर्न माग गर्दैआएका छन्।

त्रिशूल ग्यास प्रालिका व्यवस्थापक देवीप्रसाद भुसालले एभरेष्ट ग्यास समूह अन्तर्गतका उद्योगमा म्याद नाघेका, प्वाल परेका, हाइड्रो परक्षणमा फेल भएका तथा बिग्रिएका गुणस्तरहीन सिलिण्डर नष्ट गर्न सुरु गरिएको बताए।

सातवटै प्रदेशमा रहेका सात कम्पनीमध्ये पुस महिनाभित्र प्रिमा ग्यास उद्योगले ६९०, धादिङको खानीखोलास्थित सुगम ग्यास उद्योगले ४०५, काठमाडौँको एभरेष्ट ग्यास उद्योगले ६९० तथा रुपन्देहीको त्रिशूल ग्यास प्रालिले ३६३ सिलिण्डर नष्ट गर्न लागेको उनले बताए। करिब ४९ लाख रुपैयाँ बराबरको सिलिण्डर नष्ट गरिने छ।

अन्य सम्बन्धित समाचार:  स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी