काठमाडौं । काठमाडौंको भद्रकालीमा बस दुर्घटना भएको छ ।
बिहीबार बिहान साढे ७ बजे थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस भद्रकालीस्थित आकाशे पुल मुनी दुर्घटना भएको हो ।
५ जना सवार उक्त बस दुर्घटनामा १ जना घाइते भएका छन् । ट्राफिक प्रहरीले बस तिब्र गतिका कारण दुर्घटना भएको जनाएको छ ।