मदिराको मातमा आमाको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा छोराले मदिराको मातमा हतियार प्रयोग गरेर आमाको हत्या गरेको छ । सन्धिखर्क नगरपालिका. १ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका हुन्।

प्रहरीका अनुसार बुधबार राति विमलले मदिरा सेवन गरि साँझ घर आएर आमा सँग झगडा गरेका थिए । झगडा गर्ने क्रममा उनले घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या गरेका हुन् । साथै आमाको हत्या गरेको भन्दै विमललाई प्रहरीले पक्राउ गरेको छ । यस घटनाको थप अनुसन्धार भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  लागूऔषधसहित तीनजना पक्राउ