कोरोनाबाट पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन भएको छ।

संविधानसभा सदस्य समेत रहेका ७५ वर्षीय यादवको आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो। यादव स्वासप्रश्वास, मधुमेह र मुटुसम्बन्धी रोगबाट पीडित थिए।

उनी संविधान सभा सदस्यमा बाँकेबाट निर्वाचित भएका थिए। यादव नेकपा बाँकेका ईन्चार्ज समेत हुन्।

यादवको स्वास्थ्य अवस्था जटिल बनेपछि गत पुस १४ गते उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

अन्य सम्बन्धित समाचार:  भोलिसम्म प्रदेशका जिल्ला अस्पतालमा 'कोभिशिल्ड' खोप पुग्ने