काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दामा जनताहरु सर्वोच्च अदालतले फैसला कुरेर बसेको बताएका छन् ।
बिहीवार सामाजिक सञ्जाल ट्वीटर मार्फत डा. कोइरालाले छिटोभन्दा छिटो फैसला हुनुपर्ने बताएका हुन् । विद्वान कानून व्यवसायीहरूले यसका लागि सहजीकरण गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘समग्र नेपाली जनता असंवैधानिक रुपमा गरिएको ‘संसद विघटन सम्बन्धि मुद्दाू मा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्। यसको छिटो भन्दा छिटो फैसला हुन जरुरी छ र विद्धान कानुन व्यवसायीहरुले छिटो फैसला गराउने तर्फ सहजीकरण गर्नुपर्छ।’
समग्र नेपाली जनता असंवैधानिक रुपमा गरिएको “संसद बिघटन सम्बन्धि मुद्दा” मा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्। यसको छिटो भन्दा छिटो फैसला हुन जरुरी छ र विद्धान कानुन व्यावसायिहरुले छिटो फैसला गराउँने तर्फ सहजीकरण गर्नुपर्छ।
— Dr Shekhar Koirala (@Shekharnc) January 14, 2021