कलियुगको भष्मासुर बनेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न शक्ति मिलोस् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माघी पर्वको अवसरमा शुभकामना दिँदै ओलीको भष्मासुर प्रवृति अन्त्यको कामना गरेका छन्।

सामाजिक सञ्जालमा ट्वीटरमा भट्टराईले यस वर्ष कलियुगको भष्मासुरको रूपमा उदय भइ आतङ्क मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् भन्दै ब्यङ्ग्यात्मक शुभकामना दिएका छन्।

प्रायः सबै जाति र समुदायले उत्साहका साथ मनाउने गरेको सांस्कृतिक पर्व माघे संक्रान्तिको सबैमा सुखशान्ति र समृद्धिको उनले कामना गरेका छन्।

‘नेपाल र छिमेकका प्रायः सबै जाति र समुदायले उत्साहका साथ मनाउने सांस्कृतिक पर्व माघी र मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना। यस वर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस्’ डा भट्टराईले द्वीट गर्दै भनेका छन्।

 

अन्य सम्बन्धित समाचार:  “दशा लागेको रहेछ पार्टी छाडेर गए" -प्रधानमन्त्री ओली