इन्डोनेसियाको लेनङ तेडोङ्गे गुफामा भेटिएको इम्ब्रोराइटिङ (भ्रूणलिपी) ४५ हजार ५ सय वर्ष पुरानो रहेको पुष्टि भएको छ। सुंगुरको चित्र कोरिएको सो भ्रूणलिपीलाई पुरातत्व विद्हरूले अहिलेसम्म भेटिएको संसारकै पुरानो रहेको बताएका हुन्।
इन्डोनेसियामा भेटिएको सुंगुरको चित्र सो भ्रूणलिपी कम्तिमा ४५ हजार ५ सय वर्ष पुरानो रहेको भनिएको छ। अष्ट्रेलियाको ग्रिफिट विश्वविद्यालयका अनुसन्धाताहरूले सो भ्रूणलिपीमाथि अनुसन्धान गरेका थिए।
गुफाको भित्तामा कोरिएको सुंगुरको सो चित्रको लम्बाई १३६ सेन्टिमिटर र चौडाई ५४ सेन्टिमिटर रहेको बीबीसीले जनाएको छ।
यसअघि इन्डोनेसियाकै सुलावेशी गुफामा भेटिएको एनोआ जातको भैँसीको चित्रलाई संसारको सबैभन्दा पुरानो भ्रूणलिपी रहेको भनिएको थियो। यो भ्रूणलिपीमाथि पनि ग्रिफ्रिट विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले नै अनुसन्धान गरेका थिए।
इम्ब्रोराइटिङ विश्वमा लेखनकला विकास चरणका महत्वपूर्ण प्रमाण या दस्तावेज हुन्। हजारौं वर्ष पहिले भीर या गुफाका भित्ताहरूमा कोरिएका चिन्हहरू नै भ्रूणलिपी हुन्।