अमेरिकाका ५० वटै राज्यका सुरक्षा प्रमुख उच्च सर्तकतामा, हिंसात्मक विद्रोहको खतरा

एजेन्सी । अमेरिकाका ५० वटै राज्यका सुरक्षा प्रमुखलाई उच्च सतर्कतामा रहन अमेरिकाको सबैभन्दा ठूलो सुरक्षा अनुसन्धान एजेन्सी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले आग्रह गरेको छ ।

अमेरिकी सञ्चार माध्यामहरुमा आएका खबर अनुसार एफबीआईले सबै राज्यका सुरक्षा प्रमुखलाई सतर्क गराएको छ । २० जनवरीमा अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहको समयमा सबै राज्यमा हिंसात्मक विद्रोहको खतरा रहेको सूचना एफबीआईले दिएको छ ।

६ जनवरीमा ट्रम्प समर्थकले अमेरिकी संसद भवन क्यापिटल हिलमा पसी हिंसा भड्काएपछि वासिङटनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चरमपन्थीहरुले हिंसा भड्काउन सक्ने एफबीआईको आशंका छ ।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोना सङ्क्रमित १ करोड ५ लाख ९५ हजार नाघे