काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ ।
स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने भएको छ । संसद् विघटन विरुद्ध आन्दोलन गरिरहेको नेकपाले आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने जनाइएको छ ।