सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । विहीबार सुनचाँदीको मूल्य घटेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९२ हजार ९ सयमा कारोबार भएको थियो। साथै विहीबार तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ।

त्यसैगरी विहीबार यता चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ४५ मा कारोबार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  महालक्ष्मी लाइफ इन्स्यारेन्सले पनि आईपीओ निष्काशन गर्दै