केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारी गर्न प्रचण्ड र नेपालको देउवालाई प्रस्ताव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रदेखि प्रदेश सरकारसम्म सत्ता साझेदारी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रस्ताव राखेका छन्।

प्रचण्ड र नेपालले बुधबार साँझ सभापति देउवालाई उनकै निवास बुढानिलकण्ठमा भटेर उक्त प्रस्ताव राखेका हुन्।

प्रतिनिधि सभा पुनःस्थापनाका लागि समेत दुवै जनाले देउवासँग संयुक्त संघर्षको प्रस्ताव राखेका थिए। संसद पुनःस्थापना भएको अवस्थामा सरकार बनाउन देउवा समक्ष प्रचण्ड र नेपालले सो अवसरमा आग्रह गरेको बताइएको छ।

प्रचण्ड र नेपालको प्रस्तावबारे देउवाले पार्टीमा छलफल गर्ने बताए। देउवाले भने सार्वोच्च अदालतको जुनसुकै निर्णय आफूले मान्ने बताएका थिए।

अन्य सम्बन्धित समाचार:  बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको हत्या