धनगढीमा प्रहरी जवान मृत भेटिए

काठमाडौं । कैलालीको धनगढीमा एकजना प्रहरी मृत अवस्थामा फेला परेका छन् ।

हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगर पालिकाको मनहेरामा जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए । 

थापाका अनुसार  मृत भेटिएका चौधरी घर फर्किने क्रममा दुर्घटनामा परेको खुलेको छ ।

चौधरी गौरीगंगा नगरपालिका–१० का स्थानीय बासिन्दा हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्य सम्बन्धित समाचार:  कस्तो रहला तीन दिनको मौसम ?