ट्राफिकलाई सय रुपैयाँ दिने एकजना पक्राउ

पाैने

काठमाडौं । ट्राफिक प्रहरीलाई सय रुपैयाँ दिने एकजना पक्राउ परेका छन्।

बुधबार राति ९ बजे काठमाडौंको सोल्टिमोड सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी जवान भरत चन्दले बाटोमा रोकी सामान अनलोड गर्दै गरेको लु २ ख ३३४ नम्बरको ट्रक चालक नवलपरासी बस्ने ३५ वर्षीय निर प्रताप महतोले प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरिएको जनाइएको छ।

प्रहरीका अनुसार उनलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न खोज्दा सय रुपैयाँ आर्थिक प्रलोभनमा पार्न खोजेकाले कारवाही गर्न प्रहरी वृत्त कालिमाटी बुझाएको छ।

 

अन्य सम्बन्धित समाचार:  कटुवा पेस्तोलसहित एक जना पक्राउ