कोपा इटालिया: युभेन्ट्स क्वार्टरफाइनलमा

काेपा

एजेन्सी । युभेन्ट्स कोपा इटालिया फुटबलको क्वार्टरफाइनलमामा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा जिनोआलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स कोपा इटालियाको क्वार्टरफाइनलमा पुगेको हो।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन डिजान कुलुसेभ्स्की, अल्भारो मोराटा र हम्जा राफियाले एक एक गोल गरे। जिनोआका लेननार्ट सिबोरा र फिलिप्पो मेलेगोनीले एक एक गोल फर्काए। खेलको दोस्रो मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए।

खेलको २३ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए। तर, खेलको २८ औं मिनेटमा जिनोआका सिबोराले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए। खेलको ७४ औं मिनेटमा जिनोआका फिलिप्पोले गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको थियो।

अन्य सम्बन्धित समाचार:  पुलिसविरुद्ध पहिला बलिङ गर्दै बागमती

त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा सब्स्टिच्युट खेलाडी हाम्जा नायक बने। उनले खेलको १०५ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३-२ को महत्वपूर्ण जित दिलाए। हाम्जा खेलको ८८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदान छिरेका थिए ।