नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। बिहीबार दिउँसो  नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दैछ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा ३ बजे स्थायी कमिटी बैठक बोलाइएको छ।

संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जनाएका छन्। यो समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो।

यो समूहले संसद् विघटन विरुद्ध संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ। तर, विपक्षी दलहरु सहमत नभएकाले एक्लै प्रदर्शन गरेको छ। नेकपाको वैधानिकता विवाद नटुंगिएकाले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी संयुक्त प्रदर्शन गर्न सहमत भएका छैनन्।

अन्य सम्बन्धित समाचार:  महान्यायाधिवक्ता खरेलद्वारा राजपत्र इजलासमा पेश