काठमाडाैं। कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ। अहिलेसम्म डाटा इन्ट्री सकिएर रुजु गर्ने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए।
विद्यालयहरूले लापर्वाहीका कारण ढिला
जेठमै हुनुपर्ने परीक्षा यस पटक कोरोना महामारीका कारण गएको मङ्सिर ९ गतेदेखि सुरु भएको थियो। हरेक विद्यालयलाई परीक्षा केन्द्र बनाइएको थियो। परीक्षामा चार लाख ३१ हजार विद्यार्थी सहभागी भएका थिए।
यसपटक ४० प्रतिशत अङ्क सैद्धान्तिक आधारमा, ४० प्रतिशत कक्षा ११ मा पाएको अङ्कका आधारमा र २० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षाको आधारमा दिइने गरी परीक्षा लिइएको थियो।