९० हजार रुपैयाँ घुस लिएको आरोपमा एक जना पक्राउ

८७

काठमाडौं। मुद्दा मिलाइदिने भन्दै ९० हजार घुस लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान साढे सात बजे काठमाडौं महानगर-१५ स्वयम्भूबाट मकवानपुरको टिष्टुङ पालुङका चन्द्र लामा भन्ने बुद्धिबहादुर घलानलाई पक्राउ गरेको हो।

घलानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाइदिन्छु भनेर पीडितपक्षसँग ९० हजार रुपैयाँ माग गरेका थिए। उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  डोटीमा १० प्रतिशत मतदाता बढे