अमिताभले भने, “म अब थाकिसकेको छु र रिटायर भइसकें”

एजेन्सी। कौन बनेगा करोडपति १२’ को अन्तिम एपिसोडको छायांकन सकाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले आफू अब थाकिसकेको र रिटायरकाे अवस्थामा पुगिसकेकाे उल्लेख गरेका छन्।

उनले आफ्नो ब्लगमा अन्तिम एपिसोडको छायांकन सकाएकाे र रिटायरमेण्टको कुरा निकालेका छन्।

उनले रिटायरमेन्टबारे लेखेका छन्, “म अब थाकिसकेको छु र रिटायर भइसकें… म तपाईंहरु सबैसँग माफी चाहन्छु… कौन बनेगा करोडपति छायांकनको यो अन्तिम दिन निकै लामो भयो… सायद भोलि ठिक हुनेछु, तर याद राख्नुहोस्… काम त काम हो त्यसैले यसलाई पूर्ण जोशका साथ गरिनुपर्छ।”

साथै उनले सेटमा बिताएको अन्तिम रमाइलो र प्यारो क्षणलाई पनि उल्लेख गरेका छन्। अन्तिम दिन एक-अर्कामा माया साटासाट गरेको पनि अमिताभले ब्लगमा समेटेका छन्। उनले कोरोना भाइरससँगको लडाइँमा जित हासिल गरेसँगै केबीसी १२ को छायांकन पुनः सुरु गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  ‘घिन्ताङ’मा एलिजा र गौरवको जोडी