काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३२ जनामा गरिएको परीक्षणमा २४२ जना पुरुष र १६१ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकाका मात्र २४६ जनामा सक्रमण देखिएकाे छ। जसमध्य काठमाडौं जिल्लामा २२०, ललितपुरमा २३ र भक्तपुरमा ३ जना रहेका छन्। उपत्यकाबाहिर बाँके र कास्कीमा ३२÷३२ जना र नुवाकोटमा ११ जना भेटिएका छन्। संक्रमित भेटिएका अन्य जिल्लामा भने १० जना भन्दा कम छन्।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ। तीमध्ये २ लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन् भने १९४३ जनाको मृत्यु भएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४४२६ रहेको छ। तीमध्ये ११२४ जना संस्थागत आइसोलेसनमा, १५२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ४०५ रहेको छ भने कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।