र्‍यापर यमबुद्धप्रति श्रद्धाञ्जली स्वरुप नयाँ गीत सार्वजनिक

काठमाडौं। गायक सुनिल गिरीले र्‍यापर यमबुद्धप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नयाँ गीत ल्याएका छन्। यमबुद्धकाे निधन भएको ४ वर्ष पश्चात ‘शब्दहरू’ बोलको गीत युट्‍युबमा रिलिज गरिएकाे छ।

साँगीतिक रुपमा यमबुद्धकाे रुपमा चिनिएका अनिल अधिकारीले २०७३ माघ ३ गते २९ वर्षको उमेरमा लन्डनको नर्थ होल्डस्थित घरमा आत्महत्या गरेका थिए।

‘यमबुद्धको मृत्यु भएको ४ वर्ष पूरा भएकाे सम्झनामा गीति भिडियो ल्याएको गिरीले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  चिनियाँ सोसल मिडिया फर्मद्वारा भारतमा टिकटककाे काराेबार बन्द