खाना बनाउने ग्यास चुहिएर आगलागी हुँदा तीन जना घाइते

कालीकोट

दाङ। खाना बनाउने ग्यास चुहिएर आगलागी हुँदा तीन जना घाइते भएका छन्। तुलसीपुर उप-महानगरपालिका १७, वनकट्टामा बिहीबार बिहान ग्यास लिक भएर आगलागी हुँदा उनीहरु घाइते भएका हुन्।

आगलागीबाछ ४४ वर्षीय वसन्त वली र उनकी पत्नी गीता गम्भीर घाइते भएका छन् भने आगो ताप्‍न आएका १३ वर्षीय सिजन खड्का पनि घाइते भएका छन्।

ग्यास लिक भएर आगलागी हुँदा ब्रोइलर कुखुरा पालेको घर र कुखुरा जलेका छन्। ब्रोइलर कुखुराको बच्चाहरुलाई न्यानो बनाउने क्रममा चुहिएको ग्यासबाट आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित २ जना घूससहित पक्राउ