काठमाडाैं। विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिले दोलखाबाट वार्षिकरुपमा प्रकाशन गर्दै आएको सहित्यक पुस्तक प्रदेय आज सार्वजनिक गरिएको छ।
विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिले दोलखाको साहित्यक गतिविधिलाई समेटेर प्रत्येक वर्ष माघ १ गते प्रकाशन गर्दै आएको प्रदेय यो अङ्कमा जिल्लाका साहित्यकार तथा सञ्चारकर्मीको संस्मरणलाई समेटेर पुस्तक प्रकाशन गरेको छ।
वरिष्ठ पत्रकार तथा सञ्चारकर्मी चिरञ्जीवी मास्केले आफ्नो कर्म दिने र जन्म दिने दुई आमाको सम्झनामा स्थापना गरेको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आज मास्केको जन्म दिनको अवसरमा पुस्तक सार्वजनिक गरेको हो।
चरिकोटमा आयोजित एक कार्यक्रमबीच भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले पुस्तक विमोचन गरेका हुन्।
पत्रकार मास्केले आफ्नो कर्म दिने र जन्मदिने दुई आमाको सम्झनामा स्थापना गरेकाे विष्णुलक्ष्मी साहित्यिक पुरस्कारबाट साहित्यकार श्रष्टा स्वर्गीय बोलबहादुर बस्नेतलाई मरणोपरान्त सम्मान गरेको छ।
भीमेश्वर नगरपालिका–९ लाँकुरीडाँडाका साहित्यकार स्वर्गीय बोलबहादुर बस्नेतलाई मरणोपरान्त गरिएको सम्मानमा आज नगर प्रमुख भरतबहादुर केसीले स्वर्गीय बस्नेतको धर्मपत्नी कुमारी बस्नेतलाई नगद रु १० हजारसहित सम्मानपत्रले सम्मान गरेका थिए।
पत्रकार मास्केले विष्णुलक्ष्मी र तुलसीमाया आमाका नाममा विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिमार्फत प्रत्येक वर्ष एक साहित्यकारलाई नगद रु १० हजारसहित सम्मान गर्दै आएको छ।