साउदी सरकारले ल्याएकाे नयाँ नीतिले हजाराै‌ं नेपाली श्रमिक प्रभावित

काठमाडौं। कोरोना महामारी पीडित रोजगारदातालाई साउदी सरकारले सहयोग पुर्‍याउने उद्देश्यले कामदार विरोधी नीति लिएपछि असन्ताेष चुलिन थालकाे छ।

श्रमिकसँग गरिएको करार सम्झौतालाई अस्थायीरूपमा तोड्न पाउने नीति जारी गर्दै साउदीकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाता माथी अन्याय गरिएकाे श्रमिकहरुकाे गुनासाे रहेकाे छ।

हाल कार्यरत कामदारको ७० प्रतिशतसम्म बेरोजगार सूची बनाई बीमामा पेश गर्न पाउने अनुमतिका कारण श्रमिकमाथि अन्याय भएकाे भन्दै विराेध हुन थालेकाे छ।

साउदी सरकारले लिएकाे नयाँ नीतिमा रोजगारदाता कामदारको कार्यघण्टा, तलब कट्टा, बेतलबी र वार्षिक बिदामा राख्न पाउने अधिकार दिएको छ।

रोजगारदातालाई फाइदा पुग्ने गरी ल्याइएको उक्त नयाँ नीतिले कामदारको अहित हुने र त्यसले  साउदीमा कार्यरत साढे तीन लाखभन्दा बढी नेपाली कामदार प्रभावित हुने अनुमान गरिएको छ।

अन्य सम्बन्धित समाचार:  राजदूत रेग्मीद्वारा पदबहाली

कोरोना भाइरसको महामारीपछि सेवा क्षेत्रमा कार्यरत हजारौं नेपाली कामदार रोजगारी गुमाई तलब कटौतीमा परेका छन् भने उनीहरूमध्ये धेरैजसोले पाउनु पर्ने तलबसमेत पाउन सकेका छैनन्।

यस्ताे व्यवस्थासँगै यता अधिकारकर्मीहरूले नेपाली दूतावासले कामदारको तलब सुविधाका लागि पहल गर्नुपर्ने माग गरेका छन्।

कोरोना भाइरसको महामारीपछि नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको र साउदीमा कोरोना लगायत अन्य विभिन्न कारणले रोजगारी गुमाएर हजारौं नेपाली प्रभावित भएका छन्।

रियादस्थित अल मवारिद सप्लाई कम्पनीमा कार्यरत अलपत्र नेपालीहरुको उद्धार भएपनि भिसा सकिएर एक्जिट नपाउने धरै रहेको बताइएको छ। कम्पनीबाट विगत ७ महिनादेखि तलव नपाएका केही नेपाली कामदार घरबाट पैसा मगाएर स्वदेश फर्केका थिए।

अन्य सम्बन्धित समाचार:  फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन सिफरिस

साउदीको समास्को कम्पनीमा करिब १२ सय नेपाली कामदार महिनौंदेखि स्वदेश फर्कन नपाएपछि समस्यामा रहेका छन्।