धनकुटामा नेता रामबहादुर थापालाई विद्यार्थीहरुले कालो झण्डा देखाए

धनकुटा। गृहमन्त्री एवं नेकपा ओली पक्षका नेता रामबहादुर थापालाई धनकुटामा विद्यार्थीहरुले कालो झण्डा देखाएका छन्। नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनकुटा पुगेका बेला नेविसंघका कार्यकर्ताले उनलाई कालो झण्डा देखाएका हुन्।

विद्यार्थीहरुले गृहमन्त्री थापाविरुद्ध नाराबाजी समेत गरेका थिए। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशभर गएका ओलीपक्षीय नेता एवं मन्त्रीहरूलाई ठाउँठाउँमा कालो झण्डा देखाइएको छ।

अन्य सम्बन्धित समाचार:  उर्लाबारी घटनाः मृतक भनेर फरक व्यक्तिको फोटो राखिएको पुष्टि