नेम्वाङ कटाक्ष: केपीलाई कारबाही गरेका को अध्यक्ष हुनु भो रे? नाम बिर्सेँ मैले!

काठमाडाै। ओली समूहका नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले केपी ओलीलाई अस्वीकार गर्नुको कारण अहिले देशले खोजिरहेको बताएका छन्।

काठमाडाैंमा उक्त समूहले आयाेजना गरेकाे प्रदेश १ भेलालाई सम्बोधन गर्दै नेम्वाङले प्रधानमन्त्री ओलीको नेतृत्वमा देश स्थीरता र समृद्धिको दिशामा अघि बढिरहेका बेला त्यसलाई अस्वीकार गरेर राम्रो काम नगरिएको बताए।

उनले केही  दिनदेखि आफूले अर्कै प्रसङ्गमा बाेलेकाे कुरालाई बँग्याएर भाइरल बनाएकाे भन्दै सर्वाेच्च अदालतमा विचाराधीन मुद्मामा संसद्ले समेत बाेल्न नमिल्ने उल्लेख गरे।

“प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो?” उनले प्रचण्ड-नेपाल समूहलाई प्रश्न गरेका छन्।  केही नेताहरु सडकमा पुगेर ‘म यहाँ छु” भनेर प्लेकाड बाेकेर बस्नुकाे औचित्य के?” उनले प्रश्न गरे।” आई एम हियर भनेर सर्वाेच्चकाे नाकैमुनि गएर बस्नुकाे अर्थ आफूले नबुझेकाे बताए।

अन्य सम्बन्धित समाचार:  ममाथि हमला हुन सक्छ, ज्यान तलमाथि भएपनि अनौठो नमान्नु होलाः प्रधानमन्त्री ओली

उनले प्रधानमन्त्रीले राम्रा काम गरेकाे उल्लेख गर्दै एसिड आक्रमण सम्बन्धी कानून, बलात्कारकाे मुद्दामा मेलिमलाप सम्बन्धी कानुनका साथै दन्द्वपीडित लडाकुलाई राज्यले सम्मान गर्न  लागेकाे देखि देशमा फुसकाे छानाे मुक्त गरेकाे र मेलम्ची चाँडै आउन लागेकाे उल्लेख गरे।

‘केपीले केही गरेकाे छैन’ भन्दै आफूहरुबाट छुट्टिएर गएकाहरुले नाकाबन्दीकाे समयमा नाकाबन्दी हाे समेत भन्न नसकेकाे स्मरण गराउँदै  उनले केपी ओलीले त्यसलाई नाकाबन्दी भन्न सक्ने आँट गरेकाे उल्लेख गरे।

ओलीले पार्टी महाधिवेशनबाट पद हस्तान्त्रण गर्न चाहेको तर अर्को पक्षबाट त्यस्तो गर्न नदिइएको बताउँदै नेम्वाङले महाधिवेशनमा ओलीसँगै पराजित भएका माधव नेपालले ओलीलाई हटाएर आफैं बनेको कुरामा कटाक्ष गरेका छन्। उनले व्यंग्यपूर्वक आफूले उनको नाम पनि भुलेको बताएका छन् ।

‘केपीलाई कारबाही गरेका को अध्यक्ष हुनु भो रे? नाम बिर्सेँ मैले,’ उनले भने, ‘हाम्रै अध्यक्ष केपी ओलीसँग केही समयअघि हार्नु भएको थियो। अहिले उहाँलाई निकालेर आफैँ अध्यक्ष हुनुभएछ। कस्तो सजिलो कुरा?’