के म मान्छे मार्दै, बिधुवा बनाउँदै हिँडौं?: प्रधानमन्त्री

काठमाडाैं। प्रधानमन्त्री केपी ओलीले देश नै बर्बाद हुन लाग्या बेलापनि अँध्यारो मुख नभएको कस्तो प्रधानमन्त्री रहेछ भनेर आफूलाई भन्ने गरेको सुनाए।

उनले भने,” केपी ओली हसाँउदै हिड्छ, के म मान्छे मार्दै हिँडनु, के बिधुवा बनाउँदै हिँडौं ?” उनले व्यंग्य गरे। 

सडकमा एउटा पनि बालबालिका हुनु हुदैन, तिनकाे अनुहारमा आँसु हुनु हुँदैन भनेर लागिरहेकाे बेला केपी ओलीलाई जोकर रहेछ भनेर भन्ने गरेकाे उनले बताए।

काठमाडाैंमा आफू निकट समूहले आयाेजना गरेकाे प्रदेश १ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले प्राप्त गरेको उपलब्धीलाई कसैले पनि छिन्नभिन्न पार्न नसक्ने उल्लेख गरे। देश विकासको बाटाेमा अघि बढिरहेकाे उल्लेख गर्दै भने, “हिजो मात्र हामीले नागरिक एपको लञ्च गर्याे, याे एप आधुनिक नेपाल निर्माणको बाटोमा सहायक सिद्ध हुनेछ, ” ओलीको विश्वास व्यक्त गरे।

कोभिड व्यवस्थापनको समयमा सत्ताधारी पार्टीभित्रको आफ्नै तमासाले थप समस्या सिर्जना गरेको उनले  बताए। “समुन्नत नेपालको खाकामा अघि बढ्दै गर्दा कोभिडले केही समस्या दिएपनि दुनियाँले भोगेको जस्तो क्षति हामीले व्यहाेर्नु परेन्, कोभिड भ्याक्सिनले चाँडै जनजीवन सामान्य हुँदै जानेछ।”

कृषि बाटाघाटाका कुरा मात्रै हैन ३०९ वटा अस्पताल शिलान्यास गरेको नदेख्नेहरुले आफ्नाे विराेध गर्दै हिँड्नु सामान्य रहेकाे बताँउदै उनले भने, ” हाम्रो विकासको आकांक्षा र प्रयास असाधारण छ।”

अन्य सम्बन्धित समाचार:  विप्लव पक्षका नेता ओली पक्षमा प्रवेश