सूर्य चिह्न चाहिएकाे भए बैठकमा आउन् पर्याे-प्रधानमन्त्री

काठमाडौ। नेकपाका नेताहरुलाई चुनाव चिह्न सूर्य किन चाहियो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न गरेका छन्। प्रदेश १ को सम्पर्क कमिटीले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले सूर्य चिह्न चाहिने भए बैठकमा आउनुपर्ने बताए।

उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललगायत नेताहरु केन्द्रीय कमिटीमा नआएर अध्यक्ष र महासचिवलाई थाहा नदिई निर्वाचन आयोग गएको बताए ।

“चुनाव चिह्न किन चाहियो ? चिह्न दाबी गरेकोले एकपटक पनि चुनाव लडेको छैन । सूर्य चिह्न चाहिन्छ भने बैठकमा आउनुस् । उनले चुनावी गठबन्धन गर्दा  नमानेकाले जनताले अर्कै चिह्नमा भोट हाल्नु परेको बताए ।

उनले झुटको साहराले अर्को पक्ष अघि बढिरहेको बताए । उनले अदालत र आयोगलाई काम गर्न नदिएको आरोप पनि लगाए । उनले आफूले न्यायाधीशसँग भेट नगरेको जिकिर गरे ।

अन्य सम्बन्धित समाचार:  फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन सिफरिस