पछिल्लो २४ घण्टामा २४० कोरोना संक्रमित थपिए, ६ जनाकाे मृत्यु

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा २४० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ४७७ संक्रमित निको भएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ। सक्रिय संक्रमितको संख्या ४ हजार ५८ छ। पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९५४ पुगेको छ।

मन्त्रालयका अनुसार ४ हजार ५८ जना आइसोलेसनमा छन्। २३१ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल २० लाख ८ हजार ९९४ पीसीआर परीक्षण गरिएको छ।

अन्य सम्बन्धित समाचार:  डेंगु नियन्त्रणका लागि अभियान सञ्चालन गरिने