कोरोना विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भारतकाे आश्वासन

काठमाडाैं। कोरोना विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भारतले आश्वासन दिएको छ। कोरोना विरुद्धको खोपसहयोग गर्ने राष्ट्रमा नेपाल पहिलो प्राथमिकतामा रहेको भारतले प्रतिबद्धता जनाएको हो। नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा भारतले कोरोना विरुद्धको खोप सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकले कोरोनाका कारण बन्द रहेको हवाई तथा स्थल मार्गहरु अवस्था हेरेर खुला गर्ने, हुलाकी सडक अन्तर्गतकाे सम्पन्न ११ वटा खण्ड हस्तान्तरण गर्ने, रक्सौल–काठमाडौं रेल निर्माणका लागि भइरहेको फिल्ड लोकेशन सर्भे तत्काल सुरु गर्ने, जयनगर– कुर्थासम्मको रेल लाइन वर्दिबाससम्म निर्माण गर्नेलगायत निर्णय भएको पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार जारी गरेको प्रेस नोटमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  खोलो देखाउनुस् पुल बन्छ, कच्ची बाटो देखाउने वित्तिकै पीचः प्रधानमन्त्री ओली