देश बचाउने जिम्मा अब कांग्रेसकाे काँधमाथि आईपरेकाे छ: रामचन्द्र पौडेल

चितवन। देश बचाउने जिम्मा कांग्रेसमाथि आएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। शनिबार संसद् विघटनविरुद्ध चितवन कांग्रेसले भरतपुरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पौडेलले कांग्रेसले मात्र यो भुमरीबाट जनतालाई बचाउन सक्ने धारणा राखे।

“संसद् विघटन गरेर ओली नेतृत्वको सरकारले संविधानमाथि मात्र होइन, राष्ट्रमाथि नै प्रहार गरेको छ,’’ उनले भने, ‘‘संविधान र देशलाई जोगाउने सवाल कांग्रेसको काँधमा छ।’’

संविधानको रक्षा कांग्रेसको प्रमुख एजेन्डा भएको भन्दै उनले अहिले नै चुनावबाट नआत्तिएको बताए। “कांग्रेस चुनाव आयो भनेर आत्तिहाल्दैन,’’ उनले भने, ‘‘संविधानको रक्षा गरेर, संविधान बचाएर मात्र कांग्रेसले चुनावको कुरा गर्छ।’’

संविधान र राष्ट्र बचाउनका लागि संसद् पुनःस्थापना हुनुपर्ने भन्दै नेता पौडेलले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीद्धारा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास