संसद् पुनर्स्थापना हुन्छ भन्नु मरेको लासलाई अस्पताल लगेर ब्युझाउँछु भनेजस्तै हो : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा ओली पक्षका नेता गोकुल बाँस्कोटाले विघटित संसद् पुनर्स्थापना गर्छु भन्नु  मरेको लासलाई अस्पताल लगेर ब्युझाउँछु भनेजस्तो हुने बताएका छन्।

बाँस्कोटाले शनिबार जिल्लाको पनौतीस्थित बृहत् युवा भेला तथा प्रशिक्षण कार्यक्रममा संसद पुनर्स्थापना कुनै हालतमा पनि नहुने दाबी गरेका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई भित्तामा फोटो झुन्ड्याउन र अझै देशको सीमा मिचाउन लागि प्रधानमन्त्री बन्न हतार भएको पनि उनले आरोप लगाए।

मुलुक निर्माण, समृद्धि, आत्मसम्मान, प्रगतिको बाटोमा बढाउन निर्वाचन गुर्ने उनले बताए। संसद् विघटन गर्ने पुर्ण अधिकार प्रधानमन्त्रीलाई भएको बताउँदै उनले युवाहरूलाई निर्वाचनको तयारीमा लाग्न समेत अनुरोध गरे।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले देशको सिमा रक्षा गर्न र राष्ट्रियता जोगाउन चालेको कदमको पक्षमा उभिन उनले नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सर्वोच्च अदालतबाट ओली–प्रचण्डको नेकपा खारेज, नेकपाको आधिकारिकता ऋषि कट्टेललाई