युगाण्डाको राष्ट्रपतिमा योवेरी मुसेभेनी लगातार छैटौंपटक निर्वाचित

एजेन्सी । अफ्रिकी मुलुक युगाण्डामा योवेरी मुसेभेनी छैटौं कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। राष्ट्रपतीय निर्वाचनको जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले ५८ दशमलव ६४ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

मुसेभेनीका प्रतिस्पर्धी रोबर्ट क्यागुल्यानीले ३४ दशमलव ८३ प्रतिशत मत प्राप्त गर्नु भएको छ । विजयी भएको घोषणा लगत्तै मुसेभेनीले आफुले मुलुकमा स्थायित्वको प्रतिनिधित्व गर्ने बताए।

राष्ट्रपति मुसेभेनीले बिहीबारको निर्वाचनलाई अहिलेसम्मकै निष्पक्ष भने पनि विपक्षीहरुले भने चुनावमा व्यापक धांधली भएको आरोप लगाएका छन्।

अन्य सम्बन्धित समाचार:  म्यान्मार सैन्य कूपछि भागेका प्रहरी अधिकारी फर्काउन भारतलाई आग्रह