पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) फेरी शिर्षस्थानमा उक्लिउको छ । शनिबार फ्रान्सेली लिग–वानमा एन्जर्सलाई १–० ले हरासंगै पुनः शिर्षस्थानमा पर्न सफल भएको हो ।
खेलको एक मात्र गोल डिफेन्डर लेयभिन कुरजावाले भलीबाट गरे । मउरिसो पोचेटिनोको पीएसजीको यो लगातार सात खेलको अपराजित यात्रा हो ।
खेलका क्रममा पोचेटिनो आफैं भने मैदानमा थिएनन् । टोटनहमका पूर्वव्यवस्थापक कोरोना भाइरस संक्रमणपछि अहिले आइसोलोसनमा छन् । पीएसजी दोस्रो स्थानको लियोनभन्दा दुई अंकले अगाडि छ ।