ओखलढुंगा । सामूहिक बलात्कार गरेको भन्दै उजुरी दिने युवती पक्राउ परेकी छिन्।
तीन दिन अगाडि आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको भन्दै ओखलढुङ्गाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।
तर ती युवतीले आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको खुलेपछि प्रहरीले युवतीलाई पक्राउ गरेको जनाइएको छ।
ती युवतीले पाँच जनालाई झुटो बलात्कारको आरोप लगाएको र उनीमाथि बलात्कार नभएको प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाएको जनाइएको छ।