काठमाडौं । चीनको सरकारी कम्पनीद्वारा निर्मित कोभिड–१९ विरुद्धको खोपलाई पनि नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी गरिएको छ ।
औषधि व्यवस्था विभागले चीनको सिनोफार्मको खोपलाई पनि अनुमति दिने तयारी गरेको हो । यसअघि शुक्रबार भारतमा निर्मित कोभिसिल्ड खोपलाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको थियो ।
आपत्कालीन उपयोगको पहिलो अनुमति पाएको २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने अक्सफोर्ड–अस्ट्रेजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डको नाममा उत्पादन गरेर तेस्रो चरणको परीक्षण पूरा गरिसकेको छ ।